अमेरिका । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन । अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुःखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन ।
यस्ता सवै तगाराहरूलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुनप्रसाद मैनाली १ सय ६१ पटक रक्तदान गर्न न्यू योर्कबाट युगान्डा गएर रक्तदान गरेका छन् । गैर आवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
‘नेपालीहरूको रगतले युगान्डियनलाई बचाउदा सरकारले धन्यवाद नेपालीहरू दिउन र यो सम्पूर्ण नेपालीको लागि गौरव हो’, मैनालीले भने । रक्तदान कार्यक्रम गर्न सजिलो होस भन्ने हेतुले ५०० डलर सहयोग समेत मैनालीले पठाएका थिए ।
यसको साथै त्यहाका स्थानियलाई हौसला दिन र रक्तदान गर्न न्यूयोर्कदेखि युगान्डा गएको मैनाली बताए । रक्तदाता मैनाली बिशेष अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै मैनालीले नेपालीहरूले अफ्रिकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरूको यस मानवीय कार्यको लागि आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारी, पूर्व अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
एक सय एक जनाले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाली, भारतीय, पाकिस्तानी, अरबेयिन र स्थानीय युगान्डाका नागरिकले समेत रक्तदान गरेका थिए ।
















प्रतिक्रिया