३१ आश्विन २०८३, शनिबार

कुवेतमा हालसम्म २ हजार भन्दा बढि गैरकानूनी नेपालीले लिए यात्रा अनुमति पत्र

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोपाल शिवा

कुवेत, २७ माघ । आममाफीको तेह्रौँ दिनसम्म नेपाली राजदूतावास कुवेतबाट २ हजार ३५५ जना नेपालीहरुले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । नेपाली दुताबास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार यात्रा अनुमति पत्र लिनेमा ८७५ जना पुरुष, १ हजार ४४४ जना महिला र ३६ जना बालबच्चा रहेका छन् ।

गत जनवरी २९ तारिखबाट सुरु भएको आममाफीको अवधि फेब्रुवरी २२ तारिख सम्म हुनेछ । यो अवधि सम्म विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरूले जरिवाना नतिरी आफ्नो देश फर्कन पाउने छन् भने कुवेतमै बस्न चाहे जरिवाना तिरी बैध हुन सक्नेछन् ।

यस्तै कुवेतमा दिइएको आममाफी प्रक्रियालाई बेवास्ता गरी कुवेत नछोडेको खण्डमा कुवेत प्रहरीद्वारा पक्राउ परे त्यस्ता विदेशी कामदार कुवेतलगायत खाडी मुलुकमा जान नपाउने भएका छन् ।

कानून उल्लंघन गरी विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरू तथा अन्य देशका कामदारले आममाफी अबधिमा पनि कुवेत नछोडे त्यस्ता कामदारलाई खाडी मुलुकका देशहरु बहराइन, साउदी अरेबिया, कुवेत, कतार, ओमन, संयुक्त अरब इमिरेट लगायतका देशका पुन: जान प्रतिबन्ध लगाइने कुवेत सरकारले जनाएको नेपाली दुताबासले सूचना मार्फत जानकारी गराएको छ ।