– बेलिना थापा
लमजुङ, २७ माघ । स्वास्थ्य चुलो नेपाल जयभगेश्वरी काठमाडौँले लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने लक्ष्य लिएको छ । संस्थाले ३ बर्षभित्र जिल्लामा यतिका संख्यामा चुलो निर्माण गर्ने योजना बनाएको लमजुङ संयोजक कमल गुरुङले बताए ।
संस्थाले मर्स्याङ्दी गाँउपालिकाका स्थानियलाई पनि तालिम दिएको छ । वडा नम्बर ८ भूलभुलेमा सुधारिएको चुलो बनाउने ८ दिने तालिम दिइएको हो । तालिममा १२ जना सहभागि भएका थिए ।
तालिममा सहभागी ज्येष्ठनागरिक डम्बरसिंह अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका प्रमुख अर्जुन गुरुङ, स्वास्थ्य चुलो नेपालका परिवेक्षक ललितमान तामाङ, सहभागितको तर्फबाट इन्द्रकाशी गुरुङ, भिमबहादुर गुरुङ, सुवर्णमान पुन लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
तालिममा सहभागीहरुले गाउँपालिका भित्रका वडाहरुमा सुधारिएको चुलो निर्माण गर्नेछन् । रोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको आयोजक मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ ।












प्रतिक्रिया