विराटनगर, २७ माघ । सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ ।
कुम्वर आफैँले चलाएको को ३० प २९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । –रासस












प्रतिक्रिया