५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा बझाङ र धादिङमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरु बझाङ र धादिङमा सञ्चालनमा ल्याएको छ । बैंकले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुर र धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा अवस्थित नयाँ शाखाको शुक्रबार औपचारिक उद्घाटन गरेको छ ।

जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङवेशी शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । थप दुई नयाँ शाखासँगै हाल बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटीएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।