३० आश्विन २०८३, शुक्रबार

आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हाङ्गजोउ, चीन २६ माघ । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ ।

ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो । सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ ।

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।  –रासस/सिन्ह्वा