२२ कार्तिक २०८३, आइतबार

जिपको ठक्करबाट युवतीको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २५ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट बिहीबार एक युवतीको मृत्यु भएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जाँदै थिइन । –रासस