३० आश्विन २०८३, शुक्रबार

सिरियामा रासायनिक हतियारको प्रयोग भएको हुन सक्ने राष्ट्रसंघकाे आशंका

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा (स्वीट्जरल्याण्ड), २३ माघ । सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रसायनिक हतियारको प्रयोग गरेको पाइएको भन्ने विभिन्न क्षेत्रबाट गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघ युद्ध अपराध अनुसन्धान अधिकारीले मंगलबार बताएका छन् ।

सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, “हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै रिपोर्ट पाएका छौँ । यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ ।”

क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी घौटामा प्रयोग भएको रिपोर्ट आएपछि छानविन शुरु गरेको राष्ट्रसंघको भनाई छ । –रासस/एएफपी