– बेलिना थापा
लमजुङ, २३ माघ । २८५४ औँ तामाङ ल्होसार (खि ल्हो)को अवसरमा सदरमुकाम बेँसीशहरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सगरमाथा महिला घेदुङ बेँसीशहर इकाइको आयोजनामा कार्यक्रम गरिएको हो ।
इकाइकी अध्यक्ष मदिना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य सावित्री तामाङ प्रमुख अतिथि थिइन् । कार्यक्रमलाई संबोधन गर्दै तामाङले यस्ता कार्यक्रमले महिलालई थप सक्रिय बनाउने बताइन् । महिलालाई अघि बढाउनकै निम्ति नेपाल तामाङ घेदुङले खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्दै आएको बताइन् ।
कार्यक्रममा उनले तामाङ जाती एकतामा बाँधिनुपर्ने भन्दै टुट्न नहुने बताइन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नम्बर ४ का उपाध्यक्ष हरिजङ तामाङ, विद्यार्थी घेदुङका केन्द्रिय कोषाध्यक्ष जुन तामाङ, नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङ, सदस्य कुलबहादुर तामाङलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।












प्रतिक्रिया