२२ कार्तिक २०८३, आइतबार

काठमाडौँका ईट्टाभट्टाबाट सल्यानका ६ बालबालिकाको उद्धार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, २३ माघ । माठमाडौँको ईट्टा भट्टामा काम गर्दै आएका ६ बालकालिकालाई मंगलबार सल्यान ल्याईएको छ । ईट्टा भट्टामा काम गर्न गएका बालबालिकालाई बालविकास समाज काठमाडौँको सहयोगमा जिल्ला फर्काइएको हो ।

काठमाडौँको ईट्टा भट्टाबाट फर्काइएका सबै बालबालिका एउटै नगरपालिका भित्रका रहेका छन । जसमा तीन बालक र तिन बालिका रहेका छन् ।

जिल्ला फर्काइएका बालबालिका बनगाड कुपिण्डे नगरपालिकाकी १३ वर्षीया निर्मला विक, १५ वर्षीय सन्जु पुन, १४ वर्षीया रविना विक, १३ वर्षीया दिपा परियार, १४ वर्षीय विर बहादुर बुढा, १२ वर्षीय नर बहादुर घर्तीलाई काठमाण्डौको दुईवटा ईट्टा भट्टाबाट फर्ता ल्याईएको बाल विकास समाज काठमाडौँका प्रयसा केसीले बताइन् ।

आफुहरु गत पुष १२ गते देखि माघ ८ गतेसम्म फरक फरक मितिमा काठमाडौँ काम गर्न गएको ति बालबालिकाले बताए । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेका सरस्वती ईट्टा उद्योग र यातु ईट्टा उद्योग व्यवसायमा बालबालिका रहेको भन्दै उद्योगबाट नै खबर आएपछि त्यहाँबाट बालबालिकालाई उद्धार गरिएको केसीले बताइन् । काठमाडौँबाट फर्काइएका बालबालिकालाई बुधबार मात्र अभिभावकको जिम्मा लगाइने महिला तथा बालबालिका कार्यालय सल्यानले जनाएको छ ।