काठमाडौँ, २३ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नवलपरासीको वर्दघाट नगरपालिका वडा नम्बर ४ मा नयाँ शाखा स्थापना गरेको छ । सो शाखाको मंगलबार औपचारिक उद्घाटन गरिएको बैंकले जनाएको छ ।
उक्त शाखाको उद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरे । सो अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराए । कार्यक्रममा वर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
एनसीसी बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले यस शाखामार्फत विविध बैंकिङ सेवा प्रदान गर्दै सबै आर्थिक क्रियाकलापलाई बैकिङ सञ्जालमार्फत जोडिने विचार व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवम् नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।















प्रतिक्रिया