
काठमाडौँ, २३ माघ । व्यापारी अजेयराज सुमार्गीले विदेशबाट भित्र्याएको झण्डै ४ अर्ब रुपैँयाको विषयमा आज सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।
नेपाल राष्ट्र बैंकले रोक्का गरेको रकम पाउन माग गर्दै व्यापारी सुमार्गी र सुवासचन्द्र पौडेलले आइतबार दायर गरेको रिटमा आज बहस चलिरहेको हो ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासमा जारी बहसमा सुमार्गीको तर्फबाट बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी, हरि फुयाँल र राघवलाल वैद्यले बहस गरिरहेका छन्।
नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका नाममा सन् २०१० जनवरीमा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा साइप्रसबाट ३ करोड ८५ लाख अमेरिकी डलर ९३ अर्ब ९६ लाख रुपैयाँ आएको थियो । उक्त रकम शंकास्पद देखिएपछि उद्योग विभागले राष्ट्र बैंकलाई रोक्का गर्न अनुरोधसहितको पत्र लेखेको थियो। सोही अनुसार ८ बर्षदेखि सुमार्गीको रकम रोकिएको छ । सुमार्गीले लगानीको स्रोत पनि पेश गर्न सकेका छैनन् ।












प्रतिक्रिया