काठमाडौं, २२ माघ । सामसङले ट्याव ‘ए-७.०’ नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ट्याब ‘ए-७.०’ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएको कम्पनीको दाबी छ । फोर–जीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने बताइएको छ ।
ग्यालेक्सी ट्याब ‘ए-७.०’ नेपाली बजारमा १५ हजार ९०० मा उपलब्ध छ । यसका दुई आकर्षक रंगहरु सेतो र कालो रहेका छन् । ग्यालेक्सी ट्याब ‘ए-७.०’ नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा माघ २३ गते देखि उपलब्ध हुने सामसुङले जनाएको छ ।
यसको आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने सामसुङले जनाएको छ । यसमा लामो समयसम्म चल्ने ४ हजार एमएएच ब्याट्री राखिएको छ, जसले गर्दा ९ घण्टसम्म निरन्तर भिडियो हेर्न सकिन्छ ।
सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, ‘हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौँ फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवम् आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेका छौँ । ग्यालेक्सी ट्याव ‘ए-७.०’ मा सुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ ।’
यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ । किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । यो फोनमा कुनै निश्चित समय सम्मको लागि वा कुनै एपलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्ने कम्पनीले बताएको छ । साथै एपमा बिताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ ।
१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको र्याम तथा ८ जिबिको इन्टरनल मेमोरि (माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवम् स्पष्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।















प्रतिक्रिया