काठमाडौँ, २२ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटकोे फतुवा बिजयपुर नगरपालिकामा यहि माघ १५ गतेबाट शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ ।
सम्बन्धित शाखा प्रमुख रवि थापाले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेश प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
सो शाखा रहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । सो सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एवम् बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।















प्रतिक्रिया