काठमाडौँ, २२ माघ । गण्डकी विकास बैंक लिमिटेडको रुपन्देही स्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक उद्घाटन गरिएको छ ।
कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्ण बहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरे । कञ्चन गाउँपालिकाका प्रमुख क्षेत्रीले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बैंक भएको र यसका शाखा सञ्जाल देशव्यापी रुपमा भएकोले यस क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताए ।
बैंकका अध्यक्ष गुरुङले गण्डकी विकास बैंक नेपालकै एक उत्कृष्ट बैंक भएकोले यसले दिने सेवा सुविधा पनि ग्राहकमुखी र उत्कृष्ट हुने विचार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकका सेवालाई विविधकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमको बारेमा बताए ।
बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी/आईपीएस, मोबाइल बैंकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ सेवा संचालन गरिने बैंकले बतायो ।
गण्डकी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैयमासमा सञ्चालन मुनाफा ३१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जातर्फ १६ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवालगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया