५ कार्तिक २०८३, बिहिबार

स्मार्ट विद्यार्थीका लागि वर्ल्डलिंकद्वारा ‘हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वर्ल्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसेर विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वर्ल्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले यो सेवा मिदास ई–क्लाससँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । वर्ल्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको छ । यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले वर्ल्डलिंकमा दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा परम्परागत रुपमा हुँदै आएको पठनपाठन प्रणालीमा सुधार गरी विद्यार्थीहरुलाई आधुनिकतातिर अग्रसर गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो सेवामा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसेर भिडियो र अडियोको माध्यमबाट रमाइलो गर्दै पढाईमा ध्यान केन्द्रित गर्न सक्छन् ।

यो सेवामा विद्यालय स्तरका विद्यार्थीहरुको इन्टरनेट प्रतिको बढ्दो आकर्षणसँगै उज्वल भविष्यका लागि इन्टरनेटको माध्यमबाट पठनपाठन गर्न सकिने हुँदा उनीहरुको समय र शैक्षिक गुणस्तर अभिवृद्दि हुँदै राष्ट्रको शैक्षिक स्तर अभिवृद्दि हुने कम्पनीको अपेक्षा रहेको छ ।