२२ कार्तिक २०८३, आइतबार

मञ्जरीले गर्‍यो डा. थापालाइ सम्मान

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २१ माघ । आधुनिक नेपाली नाटकमा विसंगतिबोध शीर्षकमा विद्यावारिधी (पीएचडी) गरेका डा. अशोक थापालाई लमजुङमा सम्मान गरिएको छ । नाटकको क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई शनिबार सम्मान गरेको हो ।

शनिबार अन्तिम दिन ‘पानीघट्ट’ नाटक मञ्चनको पहिलो शो पछि एक समारोहबीच डा. थापालाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक समेत रहेका डा. थापालाई नाटक ‘पानीघट्ट’ का लेखक तथा निर्देशक पुरु लम्साल र मञ्जरीका अध्यक्ष एवं नाटकका संयोजक केदार बोहोराले सम्मान पत्र प्रदान गरेका थिए ।

नेपाली नाटकको क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. थापाले प्रदेश नम्बर ४ को नाटक र रंगमञ्चको स्थितिको अनुसन्धान गरेका छन् । नेपाली नाटकको खोज अनुसन्धानको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै डा. थापालाई सम्मान गरिएको मञ्जरीले जनाएको छ । पुरु लम्सालको लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ बेंसीसहरमा बिहीबार, शुक्रबार र शनिबार भब्य प्रदर्शन गरिएको थियो ।

नाटक ‘पानीघट्ट’ नाटक ‘पानीघट्ट’ फेब्रुअरी २३–२५ (फागुन ११–१३) सम्म कोलकातामा आयोजना हुने अन्तराष्ट्रिय नाटक उत्सवमा छनौट भएको छ । डा. थापाको संयोजनमा फेब्रुअरी २४ (फागुन १२ गते) उक्त नाटक मञ्चन गरिनेछ । उक्त नाटक १ घण्टा १० मिनेटको रहेको छ ।

गतबर्ष ‘फड्के’ नामक नाटक मञ्चनपछि हौसिएका निर्देशक पुरु लम्सालले यसबर्ष ‘पानीघट्ट’ निर्माण गरेका हुन् । भारतको कोलकतास्थित रबिन्द्रनगरमा मञ्चन गरिने नाटक मञ्जरी नाट्य समूह लमजुङ र आदि इत्यारी समूहको प्रस्तुतिमा मञ्चन हुनेछ ।