काठमाडौ, २० माघ । नेकपा एमाले निकट वैदेशिक रोजगार व्यवसायीहरुको संगठन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको चौथो अधिवेसनले चित्रगुप्त साँवालाई अध्यक्षमा चयन गरेको छ ।
अधिवेसनले बरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी, उपाध्यक्षहरुमा योगेन्द्रबहादुर शाही, मुक्तिनाथ अधिकारी, विल्टु शाही, सन्तकुमार लामा, सुरजकुमार घुण्डे, जनक रावल, मधुकर रिजाल रहेका छन् । यस्तै महासचिवमा डिकबहादुर खत्री तथा उपमहासचिवमा गोविन्दबहादुर कटुवाल र हरिशचन्द्र कुँवर निर्वाचित भएका छन् ।
अधिवेसनले ७ सचिवमा नवराज लुईटेल, चन्द्रजंग पाण्डे, विनोद खनाल, होमप्रसाद तिमल्सिना, श्यामकुमार खरेल, जयबहादुर शाही, दलवीर भण्डारी छन् भने कोषाध्यक्षमा मोहनबहादुर स्याङ्वा चयन भएका छन् । यस्तै वावुराम खड्का, राजेन्द्र अधिकारी, हर्कबहादुर दाहाल, अनवर अलि मियाँ, सरिता घले, सोमबहादुर तामाङ, चुडामणी कटुवाल, दण्डपाणी भट्टराई, अमृत विश्वकर्मा, लक्ष्मण विश्वा, दिनकर जोशी, सजिन राईलाई सदस्यमा निर्वाचित गरेको अध्यक्ष मण्डलका संयोजक निरज आचार्यले जानकारी गराएका छन् ।















प्रतिक्रिया