२२ कार्तिक २०८३, आइतबार

पश्चिम नवलपरासी प्रेस चौतारीको अधिवेशन चैत्र ३ गते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २० माघ । प्रेस चौतारी नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला अधिवेशन चैत्र ३ गते हुने भएको छ । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीको शनिबार परासीमा बसेको पहिलो बैठकले आगामी चैत्र ३ गते सुनवलको बर्दगोरियामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

नवलपरासी दुई जिल्लामा विभाजन भएपछि गत कार्तिक १७ गते बर्दघाटमा भएको संयुक्त जिल्ला भेलाले पुर्व र पश्चिम नवलपरासीमा छुट्टा छुट्टै जिल्ला तदर्थ समिति गठन गरेको थियो । प्रेस चौतारी पश्चिम नवलपरासीका संयोजक केशव पराजुलीको अध्यक्षतामा भएको सो बैठकले कार्यसमितिका सदस्यहरुको कार्यविभाजन पनि गरेको छ ।

जसअनुसार सहसंयोजकमा राजकुमार रेश्मी, सचिवमा मोहन पौडेल, कोषाध्यक्षमा आरती राना र सहसचिवमा रामु भषाल रहेका छन् । यसैगरी चौतारीले कुलप्रसाद शर्मा, उमानाथ पोखरेल, धीरज शर्मा, रेशम शर्मा र नारायण पराजुलीलाई सल्लाहकारमा मनोनयन गरेको संयोजक केशव पराजुलीले बताए ।

यसैगरी बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा यही माघ २१ गते आईतबार बर्दघाटको टिसिएन चोकमा स्वागत बोर्ड स्थापना गर्ने निर्णय पनि गरेको प्रेस चौतारीका जिल्ला सदस्य प्रमोद अर्यालले जानकारी दिए ।