२२ कार्तिक २०८३, आइतबार

फेब्रुअरी महिना भरी ‘आयोडिन’ सम्बन्धी विभिन्न कार्यक्रम हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १९ माघ । आयोडिनको कमीबाट लाग्ने रोगलाई निवारण गर्ने उद्देश्यले जिल्लामा फेब्रुअरी महिना भर विभिन्न कार्यक्रम हुने भएका छन् । ‘आयोडिन युक्त नुन खाऔँ, मानसिक फुर्ती, शारिरिक शक्ति बढाऔँ’ भन्ने नाराका साथ जिल्लाका विभिन्न संघसंस्थाले सामुहिक रुपमा कार्यक्रमको आयोजना गर्न लागेको सुआहारा कार्यक्रमका पोषण अधिकृत सन्तोष घिमेरेले बताए ।

दुई बालबालिका चिन्ह भएको आयोडिन नुनलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडिन नुन भएको प्रमाणीकरण गरि सकेकाले यस्को महत्वका बारेमा सर्व साधारण लाई बुझाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको घिमेरेले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानको आयोजना तथा पोषणको क्षेत्रमा काम गर्दै आएका सुआहारा, सेभ द चिल्ड्रेन, दलित विकास समाज सल्यान, आश्मा नेपाललगायतका संस्थाको सहयोगमा जिल्लाका दश वटै नगरपालिका र गाउँपालिकामा कार्यक्रम गर्न लागिएको हो ।

जस अन्तरगत फेबु्रअरी महिनाको पहिलो साता आयोडिनको कमीले हुने विकृतिको न्युनिकरणका लागी अपनाउन सकिने उपायहरुका विषयमा समन्वयात्मक, जानकारीमुलक, सहभागिता मुलककार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

यस्तै फेबु्रअरी महिनाको दोस्रो साता जिल्लाका विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्था, उद्योगी व्यापारी, विद्यार्थीलगायतको सहभागितामा संयुक्त र्‍यालीको आयोजना गरिने आयोजकले जनाएको छ ।

फेबु्रअरी महिनाको तेस्रो साता दशवटै स्थानीय तहमा शिक्षा मुलक कार्यक्रम गरिने र अन्तिम साता स्थानीय स्तरमा विक्रि भई रहेका आयोडिनयुक्त नुनको प्रयोग प्रदर्शनी, आयोडिन टेष्ट किटको प्रयोग गरि नुनमा आयोडिन भए नभएको जांच गर्ने बताइएको छ ।