काठमाडौँ, १९ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको नयाँ शाखा कलंकीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले काठमाडौ महानगरपालिका, वडा नम्बर १४ स्थित कलंकी शाखाको एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरे ।
उक्त समारोहमा कलंकी शाखाको विधिवत उद्घाटन गर्दै श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकिङ पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेको जानकारी पाएकोमा खुशी व्यक्त गरे ।
एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले काठमाडौँ महानगरपालिका वडा नम्बर १४ कलंकीमा बैंकिङ सेवा विस्तार गरिएको र यसको प्रगतिको लागि यहाँका स्थानियहरुबाट सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले नेपाल राष्ट्र बैंकले तोके बमाजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोल्ने निर्णयका साथ प्रक्रिया अगाडि वढिसकेको र यस क्षेत्रमा मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धि बैंकहरुसँग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया