काठमाडौँ, १८ माघ । आफ्नै घरमा काम गर्ने मजदुरले फलामको हम्बरले हिर्काउँदा उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्ष पवन अग्रवाल गम्भीर घाइते भएका छन् । लेनदेनको विषयमा विवाद हुँदा मजदुर नवीन गिरीले अग्रवालको टाउकोमा हम्बरले प्रहार गरेका थिए ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अग्रवालको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । हम्बरले हिर्काएर फरार रहेका गिरीलाई प्रहरीले दमकबाट पक्राउ गरी धरान लगेको छ ।












प्रतिक्रिया