२२ कार्तिक २०८३, आइतबार

जनताले विश्वास गर्ने खालको काम गर्न प्रहरी अतिरिक्त महानिरिक्षक भण्डारीको आग्रह

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 – बेलिना थापा
लमजुङ, १७ माघ । स्थानिय जनताले विश्वास गर्ने खालेको काम प्रहरीले गनुपर्ने प्रहरी अतिरिक्त महानिरिक्षक बमबहादुर भण्डारीले बताएका छन् । उनले बुधबार मर्स्याङ्दी गाउपालिका–३ मा नबनिर्मित खुदी प्रहरी चौकीको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले स्थानियले सुरक्षाको प्रत्याभुति गर्न पाउनेगरी काम गर्न सक्नुपर्ने भन्दै शान्ति सुरक्षा कामय गर्न प्रहरीको काम भएकाले समानता र निपष्क्षताका साथ काम गर्नुपर्ने बताए । भवन निर्माण मात्र भएर नहुने भन्दै त्यसका साथ साथै समाजको अपराध नियन्त्रण, अपराधको अनुसन्धान र समाजमा कुरिति ल्याउन नदिने काममा लाग्नुपर्ने बताए ।

भण्डारीले प्रहरीले समुदायसँग तथा स्थानिय राजनितीकदलसँग पनि उत्तिकै मात्रामा सहकार्य समन्वय राख्नुपर्ने बताए । विकास निर्माण सँगै सकरात्मक र नकरात्मक पक्षहरु आउने भएकाले त्यसतर्फ प्रहरी सचेत हुनुपर्ने बताए । पछिल्लो समय दुव्र्यसनीका घटनाहरु बढेकोले तत्काल त्यसलाई नियन्त्रण तर्फ समुदायको सहकार्यमा प्रहरीलाई अघि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै पूर्व सांसद जमिन्द्रमान घलेले भवन निर्माण सँगै प्रहरीले आफ्नै पक्की भवनमा बसि काम गर्न पाउने बताए । उनले प्रहरीलाई सुरक्षा चुनौती थपिएको भन्दै नया प्रविधिसँग अपडेट भई क्रियाशिलताका साथ अघि बढ्नुपर्ने बताए ।

उनले गाउँगाउँमा शान्ति सुरक्षा कायम गर्ने काम प्रहरीको भएकाले स्थानियको सुरक्षाका निम्ती खटिन आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, अमर माध्यमिक विद्यालयका प्रध्यानध्यापक तिर्थ बस्नेत, भवन निर्माण समितिका सदस्य भुवनेश्वरी भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भवन निर्माण कुल ३३ लाख ७० हजार रुपैयामा निर्माण गरीएको हो । जसमा नेपाल प्रहरीको नियमित बजेटबाट १३ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट १० लाख, माथिल्लो मर्स्याङ्दी ए सरोकार समितिबाट ५ लाख, साबिक खुदी गाविसको २ लाख ७० हजार, साबिक सिम्पानी गाविसबाट ९० हजार, भूलभुलेबाट ७० हजार, घनपोखराबाट ७० हजार, सिनो सगरमाथा हाइड्रोपावर कम्पनिबाट ७० हजार सहयोग प्राप्त भएको थियो ।

नबनिर्मीत भवन ५ कोठाको छ । समस्या झेल्दै आएका प्रहरीले नयाँ भवन पाएसँगै खुशी ब्यक्त गरेका छन् । उनीहरुले अब सुरक्षित भवनमा बसेर काम गर्न सहज हुने बताएका छन् । स्थानियले सो क्षेत्रको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न प्रहरीलाई आग्रह गरेका छन् ।