२२ कार्तिक २०८३, आइतबार

नेपाली सेना सम्बन्धि प्रदर्शनी आयोजना हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस २०७४ को उपलक्ष्यमा जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा आगामी माघ २५ देखि २७ गतेसम्म ३ दिन जङ्गी अड्डा परिसरमा ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ भन्ने थिममा आधारित फोटो तथा अन्य विविध प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

प्रथम पटक आयोजना गर्न लागिएको उक्त बृहत प्रदर्शनी सर्वसाधारणको लागि समेत खुल्ला गरी प्रवेश निःशुल्क गरिएको छ । प्रदर्शनीको समय माघ २५ गते १ बजेदेखि ४ बजेसम्म र माघ २६ र २७ गते विहान १० बजेबाट बेलुका ४ बजेसम्म तोकिएको छ ।

उक्त बृहत प्रदर्शनीमा फोटो प्रदर्शनीको अतिरिक्त नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायतको प्रदर्शनी गरिने व्यवस्था समेत मिलाइएको बताइएको छ ।

यस किसिमको प्रदर्शनीले नागरिक/सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।