२२ कार्तिक २०८३, आइतबार

चिट्ठा पर्‍यो भनी रकम ठगी गर्न खोज्ने पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । आइएमओ म्यासेन्जरबाट चिठ्ठा पर्‍यो भनि झुक्काएर रकम ठगी गर्न खोज्ने सर्लाही घर भएका २२ वर्षीय अमिर हुसेन सोमबार पक्राउ परेका छन् ।

चिठ्ठा परे बापत रकम लिनको लागि पहिला केही रकम दिनुपर्छ भनि सर्वसाधारणले पठाएको रकम लिन आफ्नो फोटो टाँसी गलत नाम ठेगाना रहेको लाइसेन्सको कलर प्रिन्टलाई लेमिनेशन गरेर लगेको अवस्थामा काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित प्रभु मनिट्रान्सफरबाट उनलाई सर्वसाधारणले नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।