३१ आश्विन २०८३, शनिबार

‘एशियन बजार–२०१८’ कार्यक्रममा नेपालको सहभागिता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोपाल शिवा
कुवेत, १४ माघ । कुवेतको पाल्म बिच होटलमा शनिबार आयोजना गरिएको ‘एशियन बजार–२०१८’ कार्यक्रममा नेपालले भाग लिएको छ । कुवेतको ब्यापारिक सस्था सीईई नेटवर्क तथा एशियाली देशका राजदूतावास एवम् महावाणिज्यदूतावासहरुद्वारा सयुक्त रुपमा आयोजना गरिएको उक्त बजारमा नेपाली दूतावास कुवेतले पनि कार्यक्रममा भाग लिएको हो ।

कुवेतका लागि नेपाली राजदूत यज्ञ बहादुर हमालसहित एशियाली देशका राजदूतावास एवम् महावाणिज्यदूतावासहरु र सीईई नेटवर्कका प्रमुख कार्यकारीद्वारा सयुक्त रुपमा उदघाटन गरिएको सो कार्यक्रममा नेपाली दुतावास कुवेतले नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धनको लागि छुटै स्टल राखेको थियो ।

ठुलो संख्यामा कुवेती नागरिक र विदेशीहरुले अवलोकन गरेको सो बजारमा नेपालको स्टलमा आएकाहरुलाई नेपालबारेको जिज्ञासा र जानकारी प्रदान गरिएको थियो । स्टलमा आएकाहरुलाई नेपालको सौन्दर्यता झल्कने पोस्टरहरु, सिडी र नेपाल सम्बन्धि पर्चा प्रदान गरिएको थियो । जसमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लगायतका पोस्टर र जानकारी रहेका छन । नेपाली चिया, पस्मिना, काष्टकला, हस्त्कला, नेपाली खाना र नेपाली गीत एवम् नृत्य तथा बाद्यबाधन समेत राखिएको सो बजारमा आएका आगन्तुकहरुले नेपाली सामानहरु समेत किनेका थिए ।