२२ कार्तिक २०८३, आइतबार

बढी शुल्क लिइएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), १३ माघ । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएर अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुले कलेजविरुद्ध आन्दोलन गरेका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीले शुक्रबार विरोध जनाएका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले विएससी नर्सिङ अध्ययनको ४ वर्षे कोर्षको लागि ७ लाख ४८ हजार ६ सय ३० रुपैयाँ शुल्क तोकेपनि विद्यालयले १२ लाख लिएको भन्दै उनीहरुले विरोध जनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट शुल्क तिर्ने गरी नाम निकालेका २८ जना विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क माग गरिएको बताएका छन् ।