३० आश्विन २०८३, शुक्रबार

कारबाहीमा परी सैनिक र लडाकूगरी चौधको मृत्यु

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा, १३ माघ । सिरियाको अफ्रिन प्रान्तमा कुर्दिशहरुको बलियो प्रभाव रहेको सानो इलाका भएको सैन्य कारबाहीमा परी १४ व्यक्तिको मृत्यु भएको छ ।

यस कारबाहीमा परी टर्कीका तीन सैनिकले ज्यान गुमाएका छन् । त्यसैगरी कारबाहीका क्रममा ११ लडाकू मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस कारबाहीका क्रममा घाइते भएका १३० व्यक्तिलाई भने उपचारार्थ टर्कीस्थित उपचारका लागि लगिएको बताएको छ ।

सिरियाको उत्तरपश्चिम क्षेत्र आफ्रिलमा करिब एक हप्तायता शुरु भएको सैन्य कारबाहीमा कम्तीमा ३४३ आतङ्ककारीको मृत्यु भएको टर्की सैन्य स्रोतले जानकारी दिएको छ । – सिन्ह्वा