धनगढी, ११ माघ । ७ नम्बर प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।
धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले बिहीबार जानकारी दिए ।
सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् । –रासस












प्रतिक्रिया