३० आश्विन २०८३, शुक्रबार

मिलानमा रेल दुर्घटना हुँदा ५ जनाको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः रोयटर्स ।

मिलान (इटाली), ११ माघ । इटालीको मिलानमा गुडिरहेको रेल लिकबाट खस्दा ३ देखि ५ जनाको मृत्यु भएको हुन सक्ने समाचारमा भनिएको छ । बिहीबार भएको सो दुर्घटनामा एक सयजना भन्दा बढि यात्रुहरु घाईतेको अनुमान गरिएको त्यहाँका स्थानीय अधिकारीलाई उदृढ गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाईतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्टेट रेल फर्मका एक अधिकारी फेरोवि डेलो स्टाटोद्वारा जारी विज्ञप्तिका अनुसार ट्रेनोर्डले सञ्चालन गरेको क्षेत्रीय रेल मिलानबाट ४० किलोमिटरको दुरीमा रहेको पियल्टेलो लिमिटो स्टेशन नजिक पुग्दा लिकबाट खसेको हो । उनले विज्ञप्तिमा कति दुर्घटनाको कुनै क्षतिबारे भने उल्लेख गरेका छैनन् । घाईतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ ।   (समाचार संस्था रोयटर्सको सहयोगमा)