जापान । यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा नेवाः नसा नखः २०१८ भब्य रुपमा हुने भएको छ ।
जापानीहरूबीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उदेश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्षमा नेवाः फुड फेस्टिवल २०१८ सम्पन्न हुन लागेको हो ।
जापानीहरूको उल्लेख्य सहभागी हुने भएको हुनाले यसपालिको नेवाः नसाः नखः रोचक एवंम जापानीहरूबीचमा नेपाली खाना र संस्कृतिको राम्रो छाप बस्ने कुराको जानकारी आयोजक कमिटीका प्रतिनिधि मासाहिरो यामाकावाले बताए ।
कुमारी, लाखे नाच, धिमे बाजा, भुस्या बाजा तथा विभिन्न नेवार संस्कृति झल्कने भेषभुषाको प्रदर्शन तथा सांस्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवार खानाको साथै नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुरा सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले बताएका छन् ।















प्रतिक्रिया