२२ कार्तिक २०८३, आइतबार

राजमार्गमा दुई फिट हिउँ जमेपछि हेटौँडा–काठमाडौँ सडक अबरुद्ध

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १० माघ । त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा बुधबार दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ ।

अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौँडाबाट काठमाडौँ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारी साधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उनले बताए । –रासस