२२ कार्तिक २०८३, आइतबार

वनभोजबाट फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ९ माघ । वनभोज खाएर फर्कैदै गरेका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा महोत्तरी जिल्लामा तीनजनाको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पूजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरू लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षीय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्रीदेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएक आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।