काठमाडौं, ९ माघ । काठमाडौंको घट्टेकुलोस्थित सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित एसएबी पब्लिक स्कूलले सरस्वतीको पूजा अर्चनासहित सांस्कृतिक कार्यक्रम गरेको छ ।
सरस्वती पूजामा उल्लेख्य सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा बालबालिकाको लागि अक्षरारम्भ समेत गराइएको थियो । यस दिनमा विद्यालय भर्ना गर्ने अभिभावकहरूका लागि विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेको जनाएको छ ।
शिक्षा आरम्भ गर्नका लागि शुभसाइत मानिने यस दिनलाई विद्यार्थी एवम् अभिभावकले समेत उत्सवका रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रमुख अतिथि जीवन विज्ञान केन्द्रका अध्यक्ष एलपी भानु शर्माले अध्यात्मलाई विज्ञानसम्मत ढंगले व्याख्या गर्दै नेपाल हिन्दुहरूको आदिभूमि रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल एवम् सुर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले अतिथिहरूलाई स्वागत गरेका थिए ।
विद्यालय निर्देशक प्रेम वलीले एसएबी पब्लिक स्कूलले सबै धर्म संस्कृतिको जर्गेना गर्दै आफना विद्यार्थीलाई संस्कृतिसँग साक्षात्कार गराउनका लागि प्रयासरत रहेको बताए ।












प्रतिक्रिया