२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर सर्लाहीमा एक महिलाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ८ माघ । सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी उनी करेन्ट लागेर घाइते भएकी थिइन् ।

घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो । –रासस