२२ कार्तिक २०८३, आइतबार

एघार वटा वडा कार्यालय भवन निर्माण हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ८ माघ । घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नम्बर १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ६३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

त्यसैगरी वडा नम्बर ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग १३ लाख, वडा नम्बर ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ७३ लाख रुपैयाँ तथा वडा नम्बर ८ को अधुरो भवन निर्माणसहित कम्पाण्ड पर्खालका लागि ४८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । केही वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह भइरहेको छ । आफ्नै वडा कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा समेत सहजता आउने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताए ।

महिला उद्यमी संघको अध्यक्षमा थापा

दाङ जिल्ला उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमी संघको अध्यक्षमा विष्णु थापा निर्वाचित भएकी छिन् । थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा केशरा पोख्रेल, सचिवमा जिवा भुसाल, सहसचिवमा मीना लम्साल र कोषाध्यक्षमा प्रभा वली रहेका छन् । समितिका अन्य सदस्यहरूमा तुलसा शाक्य, गोमा शर्मा, गोमा भुसाल र श्रृजना रावत रहेका छन् । सल्लाहकारमा विना खनाल रहेकी छिन् । –रासस