२२ कार्तिक २०८३, आइतबार

रसुवागढीबाट सोमबारदेखि समान नेपाल भित्रँदै

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ७ माघ । नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र सोमबारदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताए ।

नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आइतबार मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले सोमबारदेखि नेपालमा सामान पठाइने बताए । उनका अनुसार सोमबार बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ ।

नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिए । –रासस