२२ कार्तिक २०८३, आइतबार

प्रदेश नम्बर ३ मा ११० सांसदले लिए सपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदले सपथ ग्रहण गरेका छन् ।

आइतबार बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा (ख)का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराए ।

हेटौँडामा ३ नम्बर प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिएका छन् । –रासस