२२ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीले हुम्ला र मुगुमा खाद्यान्न लैजान दिएनन्

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ७ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला र मुगुमा खाद्यान्न लैजान रोक लगाएका छन् । विप्लव माओवादीका कार्यकर्ताहरुले सो जिल्लाका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका हुन् ।

हुम्ला र मुगु दुबै जिल्लाका स्थानीय निकायले कर उठाएको भन्दै उनीहरूले १० दिनदेखि नून, तेल, चामल लगायतका खाद्यान्न बोकेका ३०० खच्चर रोकेर राखेका छन् । उनीहरुले खाद्यान्न रोकिदिँदा हुम्ला र मुगुमा खाद्यान्न अभाव भएको छ ।