२२ कार्तिक २०८३, आइतबार

प्युठानकी १४ वर्षीय बालिकाको कपिलवस्तुबाट उद्धार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु, ६ माघ । कपिलवस्तुको कृष्णनगरबाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको पहलमा प्युठानकी १४ वर्षीय बालिकाको उद्धार गरिएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका घर भएकी ति बालिकालाई बिहिबार भारत जादैँ गर्दा कृष्णनगरस्थित नेपाल–भारत सीमाबाट उद्धार गरिएको हो ।

उनलाई विहे गरेको बहाना बनाई भारत लैजादै गरेको खुल्न आएको छ । प्युठान नै घर भएका २० वर्षीय राजु सार्किले सीमा पारी बजार जाने निहु पारेर आउनु भन्न लगाएको समेत अनुसन्धानबाट खुलेको छ ।

६ कक्षमा पढ्ने ति बालिकालाई करणी गरेको समेत बताइएको छ । पछिल्लो समयमा गाउँका युवतीहरुलाई विभिन्न बहानामा यौनशोषण तथा बेचविखनको लागी विभिन्न प्रलोभनमा भारत लैजाने गरेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले बताए ।

बालिकाको घरपरिवारले आफुहरुलाई यसबारे केहि जानकारी नभएको परिवारले बताएको भट्टराईले जानकारी दिए । इलाका प्रहरी कार्यलय कृष्णनगरले दुवैजनालाई विशेष अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय प्युठान पठाएको छ ।