काठमाडौँ, ५ माघ । वीरगञ्ज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगञ्जलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगञ्ज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो पूर्वाधारका अतिरिक्त अन्य सम्भवनाका हिसावमा प्रदेश नम्बर २ को राजधानी पर्साको वीरगञ्ग बनाउनुपर्ने माग गरेको हो । संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् ।
उनले भने, ‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगञ्ज हो । उक्त आन्दोलनको पहिलो शहिद थिरबम मल्ल वीरगञ्ज कै हुन । राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगञ्ज हो, जनकपुरभन्दा हजारौँ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो । हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगञ्ज हो । अन्तर्राष्ट्रिय विमान स्थल र फाष्ट ट्राक निमार्ण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगञ्ज हुनुपर्छ । वीरगञ्जलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’
तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए ।












प्रतिक्रिया