टेक्सास । अमेरिकाको टेक्सास फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मूलका भुटानी शरणार्थीको मृत्यु भएको छ ।
दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी, उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो ।
फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राति आठ बजे चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिकअप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका उनीहरू मृत्यु भएको ट्यारन्ट काउन्टी मेडिकल एक्जामाइनर अफिसलाई उधृत गर्दै स्थानीय समाचार माध्यमहरूले जनाएको छ ।
दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये कारको पछिल्लो सिटमा रहेका अन्य दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पिकअप ट्रकमा रहेका एक जना र अर्को एउटा कारका चालक पनि गम्भीर घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ । नेपाली समाज टेक्सासमा सदस्य सुदिप अधिकारी अनुसार उनीहरू आगामी शनिवार अन्तिम दाह संस्कार गरिनेछ ।















प्रतिक्रिया