२२ कार्तिक २०८३, आइतबार

सल्यानमा राप्रपाको जिल्ला समिति एमालेमा बिलय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, ४ माघ । सल्यानमा राप्रपाको जिल्ला समिति एमालेमा बिलय भएको छ ।

राप्रपा जिल्ला अध्यक्ष मनोज सिंह लगायतका जिल्ला कार्यसमिति एमालेमा बिलय भएको हो । बिहीबार बिहान जिल्लाको सदरमुकाम खलंगास्थित एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमालेमा प्रवेश गरेका हुन् ।

जिल्ला कार्य समितिमा रहेका ४४ जना सदस्य र ९ सय बढी संगठित सदस्य एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष मनोज सिहंले बताए । उनले राप्रपाका सहमहामन्त्री मनोज प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राय लगायतका केन्द्रीयस्तरका नेताहरु पनि एमाले सल्यानमा प्रवेश गरेको बताए ।