२२ कार्तिक २०८३, आइतबार

तराईमा न्यानो बाँड्दै युवा संघ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, ५ माघ । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले तराईमा भएको शीतलहर पिडितलाई राहत वितरण गरेको छ । पछिल्लो समयमा शीतलहरको कारण धेरैको मृत्यु भईसकेको अवस्थामा संघले राहत सामग्री वितरण गरिएको बताएको छ ।

शीतलहरको कारणले कठ्याङ्ग्रिएर जीविको पार्जनमा समेत समस्या भइरहदा सरकारले समेत कुनै राहत समाग्री वितरण गर्न नसकेको अवस्थामा युवा जोस, जाँगरका साथ पिडितलाई न्यानो कपडा तथा दैनिक आवश्यकिय सामाग्री वितरण गरी तराईका जनताको दुःख पिडामा साथ दिएको युवा संघले जनाएको छ ।

प्रभावित क्षेत्रमा जिल्ला प्रशासनसँग समन्वय गरी दैनिक उपभोग्य सामग्री वितरण गरिएको संघका अध्यक्ष तथा सांसद राजिव पहारीले बताए । आगामी दिनमा पनि आफ्नो संगठन आम नेपालीको मन मुटुको संगठन हुने र देशको समस्या नै आफ्नो समस्या भनि देशका निम्ती जुनसुकै समयमा विना वर्दिको प्रहरीको रुपमा काम गरिरहने पहारीले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा सांसद चन्द्रलामा, सचिवालय सदस्य रमेश आचार्य, संघको स्वास्थ्य विभागका सचिव सन्तोष सिलवाल सहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।