
भालुबाङ, ४ माघ । दाङ जिल्लाको देउखुरीस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको मसुरियामा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नंं ३ मसुरियामा बुधबार राति बसले ठक्कर दिँदा सोही गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४६८६ नम्बरको बसले ठक्कर दिएको थियो । बस अनियन्त्रित हुँदा बसमा सवार १० जना यात्रु घाइते भएका छन् ।
बसका घाइतेहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँकेमा पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।












प्रतिक्रिया