२२ कार्तिक २०८३, आइतबार

‘आरम्भ साहित्य मञ्च’को कार्यक्रममा श्रष्टाहरूको जमघट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । आरम्भ साहित्य मञ्चले माघे सक्राीन्तको अब्सरमा खिचडी बिशेष साहित्य कार्यक्रम गरेको छ ।

काठमाडौंमा भएको साहित्य कार्यक्रमको अध्यक्षता प्रेम ओली ‘ढकलपुरे’ले गरेका थिए । कार्यक्रममा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागे, संसद सचिवालयका सहसचिब जीवराज बुढाथोकी ‘रसिक’, बरिष्ठ कथाकार पुस्कर लोहनी, वरिष्ठ साहित्यकार कलानिधी दाहाल, सहित्यकार मणिराज सिंहको सहभागिता रहेको थियो ।

साहित्य कार्यक्रममा झण्डै २०–२५ जनाले गीत, गजल, मुक्तक, हाइकु र कबिता सुनाएको थिए । अधिकांश श्रष्टाहरूले बर्तमान राजनीतिक परिस्थितिबारे ब्यङग्यबाणसहितको प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रस्तोता कवि शरद डिसीले प्रमुख नेताहरूको क्यारिकेचर गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए ।

लक्ष्मण गामनागे, पुस्कर लोहनी, प्रेम ओली ‘ढकलपुरे’, कलानिधी दाहाल, जीवराज बुढाथोकी ‘रसिक’, रुद्र अधिकारी, बलराम सापकोटा, थरेन्द्र बराल, वामदेव शर्मा, सुमी लोहनी, सुशीला खडका ‘हसिना’, डिल्लीप्रसाद मूलत्यून, भुवन शिवाकोटी, निर्मल पराजुली, कल्पना काप्mले, मुकुन्द दहाल, केरा अर्याल, सुमन दहाल, प्रभाकर पाण्डे, टेकबहादुर कोइराला, रश्मी रिमाल, नवराज श्रेष्ठ, प्रेम राई परिक्षित लगायतका स्रष्टाले सृजना सुनाएका थिए ।