
दाङ, १ माघ । दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
वा ३ ख ९५२१ नम्बरको हायस माइक्रो आज बिहान ग्वारखोलामा दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको हो । ज्यान गुमाउनेमा माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरी रहेका छन् । घाइतेमध्ये चारजना गम्भीर छ । उनीहरुलाई बाँके अस्पतालमा पठाइएको छ । अन्यको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया