रुकुम पूर्व, १ माघ । डढेलोमा जलेर रुकुम पूर्वमा दुई जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–३ को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७ का दुई स्थानीयको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा श्यामबहादुर बोहरा र केशरमान मल्ल रहेका छन् । डढेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरु आगोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भिर घाइते छन् ।












प्रतिक्रिया