२२ कार्तिक २०८३, आइतबार

नेविसंघद्वारा ७ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली
डोटी, ३० पुस । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ डोटीले विभिन्न ७ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय डोटीमा आइतबारमा धर्ना दिएको छ । नेविसंघ डोटीका सभापती गणेश खड्का नेतृत्वको टोलीले बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना दिएको हो ।

नेपालको संविधान २०७२ को भाग ३ धारा ३५ अनुसार सबै नियमित विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य बीमा तत्काल कार्यान्वयन गरिनुपर्ने, त्यस्तै धारा ३३ अनुसार सबै नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र बेरोजगार युवाहरुलाई भत्ताको व्यवस्था गरिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेशमा एक/एक मेडिकल कलेज, इञ्जिनियरिङ्ग कलेज र कृषि क्याम्पसको स्थापना गर्न र सबै स्थानीय तहमा एक÷एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने नेविसंघको माग छ ।

त्यस्तै उच्च शिक्षामा सबैको पहुँचका लागि सर्टिफिकेट धितो राखेर अध्ययन ऋण लिन पाउने व्यवस्था गरिनुपर्ने, देशभरका सबै शैक्षिक सँस्थाहरुमा इ–लाईब्रेरीको व्यवस्था गरिनुपर्ने, सबै पालिकाहरुका वडाहरुमा दुई–दुई वटा प्रारम्भिक बालबालिका केन्द्र स्थापना गर्नुपर्नेलगायतका माग राख्दै नेविसंघले धर्ना दिएको हो ।

यस अगाडी पनि नेविसंघले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागहरुसहित ज्ञापन पत्र पेश गरिसकेको नेविसंघका अध्यक्ष खड्काले बताए । धर्ना कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य विजयराज ओझा, डोटी बहुमुखी क्याम्पसका स्ववियु सभापती एवम् नेविसंघका नेता बालकृष्ण साउँद लगायतको सहभागिता रहेको थियो ।