२२ कार्तिक २०८३, आइतबार

युवालाई स्वरोजगार बनाउन ग्याविन बुनाई तालिम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ३० पुस । बेरोजगार युवालाई स्वरोजगार बनाउन सिप मुलक तालिम सञ्चालन गरिएको छ । गाउँमा निर्माणका कामहरु तिब्र गतिमा सञ्चालन हुन थालेपछि साविक १० गाविसका २५ जना युवालाई ग्याविन बुनाई तालिम दिइएको हो ।

सिँचाई तथा सडक निर्माणदेखि तटबन्ध निर्माणमा ग्याविनको आवश्यक पर्ने हुँदा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनु पर्ने बाध्यतालाई हटाउन ग्याविनको तार जालि बुनाई तालिमले युवालाई स्वरोगार बनाउन सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । तालिममा साविक बिच्छ्या, रुगीन, गोत्री, जुकोट, जगन्नाथ, जयवागेश्वरी, डोगडी, र गुदुखाती गाविसका युवाहरु सहभागी थिए । १० दिनसम्म ग्याविनको तार ताली बन्ने तरिका बारे जानकारी गराईएको प्रशिक्षक दिपक भारतीले बताए ।

जिल्ला बाहिरबाट आएर जिल्लाको श्रोत पनि अरुले लिने र गाउँमा बेरोजगार बसेका युवाहरुले खाली दिन बिताउनु पर्ने समस्यालाई हटाउन तालिमले ठूलो सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । तालिमले जीवन निर्वाहका लागि सहयोग पुग्ने सहभागी सूर्यबहादुर बुढाले बताए । निर्माणका काम निर्माण व्यवसायी संघसँग हुने भएकोले समन्वयमै तालिम सञ्चालन गरिएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक खिमु केसीले बताए । तालिम नेपाल सरकार र बेलायत सरकारको सयुक्त लगानीमा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा सञ्चालन गरिएको हो ।

परियोजनाले हालसम्म ८ वटा विभिन्न प्रकारका तालिम सञ्चालन गरि २ सय बढी युवाहरुलाई सिप मुलक तालिम प्रदान गरिसकेको परियोजना अधिकृत गोविन्द विकले जानकारी दिएका छन् । तालिममा निर्माण गरिएका ३८ थान जाली छेडेदह गाउँपालिका–५ लाई हस्तान्त्रण गरिएको छ । तटबन्ध निर्माणका लागि सहयोग स्वरुप वडा अध्यक्ष हर्कबहादुर रावतलाई बुझाईएको छ ।

तालिम अवधि मै जुकोटमा ३५ वटा तार जाली निर्माणको काम अर्डर भईसकेको बताईएको छ । क्षमता विकास भए निर्माण व्यवसायी संघले तालिम सिकेकालाई नै अवसर दिने संघका जिल्ला अध्यक्ष विनोद शाहीले बताएका छन् । तालिम पुष २१ गतेबाट सुरु भई ३० गते समापन गरिएको हो । हालसम्म जिल्लामा सञ्चालन गरिएकामध्ये ग्याविन बुनाई तालिम पहिलो पटक सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समितिका विक्रम कटुवालले बताए ।